• ५ साउन २०८३, मंगलबार
  • १०:१० बिहान

एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति

२०८० चैत्र २८ गते, बुधबार ११:४०

चैत्र २८, २०८० काठमाडौँ: एन्जल लर्ड हाइ स्कुलको सांस्कृतिक तथा सर्वोत्कृष्ट विद्यार्थीहरुको सम्मान कार्यक्रम सम्पन्न भएको छ । आफ्नो विद्यालयको प्रांगणमा एक भव्य कार्यक्रम विद्यालयको प्राचार्य टङ्क लिम्बुको अध्यक्षता सम्पन्न भएको हो । काठमाडौ महानगरपालिका वडा नं ३२का स्थानीय जनप्रतिनिधी भगवान बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी एंव शिक्षासेवी प्रेम कुमार तामाङ र निजि विद्यालयहरुका संगठन डिनका अध्यक्ष सुर्य भन्डारी रहनुभएको थियो।

कार्यक्रमको शुरूवातमा विद्यालयका विद्यार्थीहरुले स्वागत गीत र स्वागत नृत्य गरेका थिए । त्यसैगरी कार्यक्रममा जनजाती डान्स,नर्सरी डान्स,कक्षा १ मा अध्यनरत विद्यार्थीहरुको नृत्य, एलकेजिमा अध्यनरत विद्यार्थीहरुको नृत्य,युकेजी फेसन शो, कक्षा २ का ए र बि को नृत्य, सामुहिक नृत्य,साकेला नृत्य, नर्सरीका विद्यार्थीहरुलाई सम्मान कार्यक्रम, सन्देशमुलक नाटक प्रस्तुती, धान नाच,तामाङ सेलो नृत्य,ख्याली मारुनि नृत्य, सोलो गीत, गोर्खे खुकुरी मिक्स डान्स,नौमती बाजाको अर्केष्टा,रिमाई कौडा डान्स प्रस्तुत गरेका थिए । यसैबीच एस.इ.इ. ब्याच-२०८० लाई पनि मायाको चिनो सहित बिदाई गरिएको थियो। प्रधानाध्यापक लिम्बुले अहिलेसम्म विद्यालयले गर्दै आएको विभिन्न शैक्षिक तथा अतिरिक्त कृयाकलापहरुको बारेमा प्रस्ट्याउँदै विद्यालयका आगामी योजनहरु प्रस्तुत गरेका थिए।

Kamana Sewa

कार्यक्रममा विद्यालयमा अध्यनरत विद्यार्थी,अभिभावकले पनि आफ्नो विचार राखेका थिए । कार्यक्रममा विद्यार्थी,अभिभावक गरि ७ सय भन्दा धेरैको उपस्थिति रहेको थियो ।

Classic Tech Desktop

प्रतिकृया