• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

गायक निशान भट्टराई र उनको श्रीमती बीच भयो डिभोर्स

प्रकाशित मिति

२०८० चैत्र २६ गते, सोमबार ०३:३८

चैत्र २६, २०८० काठमाडौँ: गायक निशान भट्टराईको वैवाहिक सम्बन्ध टुटेको छ । भट्टराईले मोडल ऋचा न्यौपानेसँग कानुनीरुपमा सम्बन्धविच्छेद गरेका हुन् । चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको एकल इजलासले उनीहरुको सम्बन्धविच्छेदको फैसला गरेको हो ।

सम्बन्धमा दरार आएपछि ऋचाले डिभोर्सको मुद्दा दायर गरेकी थिइन् । आपसी सहमतिमै उनीहरुले डिभोर्स गरेको अदालतको आदेशमा उल्लेख छ ।

Kamana Sewa

‘प्रस्तुत मिलापत्रको ब्यहोरा, त्यसको मतलब र परिणामसमेत दुवै पक्षलाई पढीबाची लेखिएबमोजिम पति पत्नीबीचको सम्बन्धविच्छेद हुनेगरी मिलापत्र गर्न सहमत भई दुवै पक्षहरुले सहीछाप समेत गरेकाले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ बमोजिम प्रस्तुत मिलापत्र प्रमाणित गरिदिएको छ ।’ आदेशमा उल्लेख छ ।

Classic Tech Desktop

विसं २०७७ मा भट्टराई र न्यौपानेले अदालती विवाह गरेका थिए । उनीहरुले दुई वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए ।

भट्टराई नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने न्यौपाने भने पेसाले मोडल हुन् ।

प्रतिकृया