• ८ जेष्ठ २०८१, मंगलवार
  • 9:06 am

लखनऊको तेस्रो जित, गुजरातविरुद्ध ३३ रनले विजयी

प्रकाशित मिति

२६ चैत्र २०८०, सोमबार १०:५६

चैत्र २६, २०८० काठमाडौँ: इन्डियन प्रिमियर लिग (आईपीएल)मा तेस्रो जित निकाल्ने क्रममा लखनऊ सुपर जायन्ट्सले गुजरात टाइटन्सलाई ३३ रनले हराएको छ । आइतबार अटल बिहारी वाजपेयी रंगशालामा घरेलु टिम लखनऊले प्रस्तुत गरेको १६४ रनको लक्ष्य पछ्याउने क्रममा गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाएर १३० रन मात्र बनाउन सक्यो ।

गुजरातका ओपनर साई सदुर्शनले सर्वाधिक ३१ रन बनाए । राहुल तेवातियाले ३०, कप्तान शुभमन गिलले १९, विजय शंकरले १७ र दर्शन नाल्कान्डेले १२ रन थपे ।

गुजरातलाई सस्तैमा समेट्न लखनऊका यस ठाकुरले पाँच विकेट लिए । ३.५ ओभर बलिङ गरेका ठाकुरले एक मेडन फ्याँक्दै ३० रन खर्चिए । क्रुनल पण्ड्याले तीन र नवीन उल हक र रवि बिस्नोईले समान एक विकेट हात पारे ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको लखनऊले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६३ रन बनाएको थियो । लखनऊका मार्कुस स्टोइनिसले सर्वाधिक ५८ रन जोडे । कप्तान केएल राहुलले ३३, निकोलस पुरानले ३२ र आयुष बाडोनीले २० रनको योगदान गरे ।

गुजरातका उमेश यादव र दर्शन नालकन्डेले समान दुई विकेट लिए । राशिद खानका नाममा एक विकेट रह्यो ।

जितसँगै चार खेलबाट ६ अंक जोडेको लखनऊ तालिकाको तेस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकको गुजरात सातौँ स्थानमा छ ।

प्रतिकृया