सुनको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
प्रकाशित मिति
२०८० चैत्र २२ गते, बिहीबार ११:३१
चैत्र २२, २०८० काठमाडौँ: नेपाली बजारमा सुनको मूल्यले दैनिक रेकर्ड बनाइरहेको छ । बिहीबार सुनको मूल्य बुधबारको तुलनामा तोलामा १ हजार रुपैयाँले बढेर नयाँ उचाईमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलाको १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि यही बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार कायम हुँदै रेकर्ड बनाएको थियो ।
आज तेजाबी सुनको मूल्य तोलाको १ लाख ३३ हजार ३ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ ।
Recent News
- मन्त्रिपरिषदका निर्णय सार्वजनिक, यी हुन सरकारले जारी गर्न खोजेका ५ अध्यादेश
- आज सकिएन थुनछेक बहस , रवि हिरासतमै रहने
- लक्ष्मी सस्टेनेवल ईनर्जी फण्डको पहिलो वार्षिक साधारण सभा सम्पन्न
- १५ अंकले घट्यो सेयर बजार
- महालक्ष्मी विकास बैंंकको २३औँ वार्षिक साधारण सभा सम्पन्न
- बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
- सभापति देउवाको किर्ते हस्ताक्षर गरी विज्ञप्ति मार्फत भ्रम फैलाउने प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण
- विपिन फर्किएर आउने कुरामा परराष्ट्रमन्त्री राणा विश्वस्त
- माओवादीको पदाधिकारी बैठक बस्दै
- माओवादीको पदाधिकारी बैठक बस्दै
प्रतिकृया