• 7:13 pm

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन नागरिक उन्मुक्तिको ह्वीप

प्रकाशित मिति

April 3, 2024

चैत्र २१, २०८० काठमाडौँ : नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिन ह्वीप जारी गरेको छ ।

बुधबार पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सूचना जारी गर्दै पार्टीबाट निर्वाचित सबै ७ जना सांसदलाई विश्वासको मत नदिन निर्देशन दिएकी हुन् ।

मुख्यमन्त्री शाहले बुधबार विश्वासको मत लिँदैछन् । नागरिक उन्मुक्तिका ५ सांसद शाह नेतृत्वको सरकारमा मन्त्री छन् ।

प्रतिकृया