• ९ असोज २०८३, शुक्रबार
  • २ः३२ दिउँसो

एनएमसीद्वारा प्रहरी वृत्त बौद्धलाई इमरजेन्सी फस्टहेड वितरण

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार ११:४३

चैत्र २१, २०८० काठमाडौँ: नेपाल मेडिकल कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत महानगरीय प्रहरी वृत्त बौद्धलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । मंगलबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा.जैनुद्धिन अन्सारीले बौद्ध प्रहरी वृत्तका डिएसपी राजु पाण्डेलाई इमरजेन्सी फस्टहेड वक्सहरु हस्तान्तरण गर्नुभयाे ।

National Life

सो क्रममा प्रा.डा.अन्सारीले समाजमा शान्ति व्यवस्था, अमनचयन कायम गर्न नेपाल प्रहरीको जति भूमिका रहन्छ त्यत्तिनै नागरिक समाजको पनि रहने बताउँदै मेडिकल कलेज नेपाल प्रहरीसँग सहकार्य गर्दै अगाडी बढ्ने बताउनु भयाे ।

दुर्घटना भइहाले घाइतेहरुको तत्काल उद्दार र प्राथमिक उपचारमा इमरजेन्सी फस्टहेडको महत्वपूर्ण भूमिका रहन्छ । कलेजले गरेको सहयोग र सहकार्यले दुर्घटनामा हुने मानवीय क्षती कम गर्न सहयोग पुग्ने डिएसपी पाण्डेले जनाउनु भयाे ।

Classic Tech Mobile
Classic Tech Desktop

हस्तान्तरण कार्यक्रममा कलेजका अस्पताल निर्देशक डा.राजेश किशोर श्रेष्ठ, हस्पिटल डाइरेक्टर प्रा.डा.मोदनाथ मरहठ्ठा, निर्देशक डा.साविहा यासमिन, प्रमुख प्रशासकीय अधिकृत ज्योती खड्काको समेत सहभागीता रहेको थियो ।

कलेजले मेडिकल शिक्षा, स्वास्थ्य सेवा र मानवीय सेवामा विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै आइरहेको कलेजले जनाएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने क्रममा आम नागरिकसँग सात्क्षात्कार हुन सहकार्य गरिँदै आइएको हो ।

प्रतिकृया