• ९ असोज २०८३, शुक्रबार
  • ८ः०२ बिहान

महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार ११:४६

चैत्र २१, २०८० काठमाडौँ: महाकाव्यकार खेमनाथ दाहाललाई ‘व्यथित काव्य डायस्पोरा सम्मान’ अर्पण गरिएको छ । साहित्यिक पत्रकार संघले ४३औँ कथा दिवसको अवसर पारेरउहाँलाई सो सम्मान समर्पण गरेको हो । काठमाडौंमा आयोजित एक विशेष समारोहमा प्रमुख अतिथि प्रा.डा. वासुदेव त्रिपाठीले दाहाललाई सम्मान पत्र, दोसल्ला, खादा माला लगाइदिएर सम्मान गर्नुभएको थियो । सो अवसरमा ‘मैनाली कथा पुरस्कार’ कथाकार नरेन्द्रराज पौडेललाई, साहित्यकार सिर्जना शर्मालाई ‘लोकप्रिया पुरस्कार’ र कवि ठाकुर बेलवासेलाई ‘व्यथित काव्य सम्मान’ समर्पण गरिएको थियो ।

National Life

कथाकार पौडेललाई नगद ५१ हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित गरिएको थियो भने लोकप्रिया पुरस्कारबाट १० हजार १०० राशिसहित साहित्यकार शर्मा पुरस्कृत हुनुभयो ।

कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले ‘लोकप्रिया’ बारे कविता वाचन गर्नु भएको थियो भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ‘रोदन’ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गर्नु भएको थियो ।

साहित्यिक पत्रकार सँघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा. सुरेन्द्र के.सी., साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतकि उपस्थिति थियो ।

लाब्री, तेह्रथुमका कवि खेमनाथ दाहालका श्वेतपत्र (महाकाव्य), रश्मि (खण्डकाव्य) तथा श्रद्धाञ्जलि, योद्धा, हावर्डको चौतारीमा, म त बन्दी भएको छु जस्ता कवितासङ्ग्रह प्रकाशित छन् । यस्तै उहाँका यात्राको सिकर्नी र अहोरात्र जस्ता कृति पाठकमाझ आएका छन् ।

प्रतिकृया