• १० असोज २०८३, शनिबार
  • ४ः४१ बेलुका

इलाम-२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकियो

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार १०:३६

चैत्र २१, २०८० काठमाडौँ: इलाम- प्रतिनिधि सभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र–२ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ। निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मङ्गलबार मुख्य निर्वाचन अधिकृत तोकेको हो।

National Life

यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ।

उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ। उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनमा खटिने कर्मचारीको नामावली सङ्कलन गरिसकेको छ। इलाम २ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहनेछन्।

यी केन्द्रमा आठ सय ९४ जना कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगका अनुसार चैत २७ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ।

प्रतिकृया