• 4:02 pm

नेपालले दियो बरोडालाई १५७ रनको लक्ष्य

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार ०४:५९

चैत्र २०, २०८० काठमाडौँ: नेपालले बरोडा क्रिकेट एशोसियसनको टिमलाई १५७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १५६ रन बनाएको हो ।

नेपालका लागि कुशल भुर्तेल र आसिफ सेखले ९-९ रन बनाए भने कप्तान रोहित पौडेलले १८, अनिल शाहले २५, गुलशन झाले १३, सन्दीप जोराले २८ रन बनाएका थिए । त्यस्तै कुशल मल्लले अविजित ४० तथा दिपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए ।

बरोडाका बलर बाबा खानले २ विकेट तथा परीक्षित पाटीदार र मोहित मोंगीयाले एक एक विकेट लिएका थिए ।

प्रतिकृया