• ६ असोज २०८३, मंगलबार
  • ४ः३७ बेलुका

सेयर बजार घट्दो अवस्थामै निरन्तर

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार ०४:०५

चैत्र २०, २०८० काठमाडौँ: सेयर बजारमा यो साता अहिलेसम्मका तीनवटै कारोबार ओरालोतिर नै देखिएको छ। गएको साता समग्रमा १२.९ अंकले घटेको बजारमा यो साता तीन कारोबारमा नै २५.४१ अंकले गिरावट आइसकेको छ ।

National Life

यो साता पहिलो कारोबारमा आइतबार १७.३० अंकले घटेको सेयर बजार सोमबार ६.२६ अंकले घटेको थियो । मंगलबार १.८५ अंकले घटेर बजार २०१०.२१ बिन्दुमा झरेको छ। १०९ कम्पनीको सेयर मूल्य बढेको बजारमा २ अर्ब २९ करोड १६ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ । १२७ कम्पनीको सेयर मूल्य घटेको छ भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।

सुधारतर्फ जाने अपेक्षाविपरीत लगातार उतारचढावबीच घट्दो क्रममा नै देखिएको सेयर बजार यो साता पनि उही अवस्थामा नै देखिएको छ। सम्हालिएर उकालो लाग्ने अपेक्षा गरिएको बजारमा लगानीकर्ता विश्वस्त हुन नसक्दा घट्दो क्रम नै बढी देखिएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले पनि संगठित लगानीकर्ताहरू अगाडि नबढ्दा बजारले गति लिन नसकेको विश्लेषकहरू बताउँछन् ।

अहिले पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरूले अब सरकारले लिने नीतिपछि मात्रै निर्णय लिएर अघि बढ्ने देखिएको विश्लेषकहरू बताउँछन् । सरकारी निकायको साथ मिल्ने आशमा एकाएक हौसिएका लगानीकर्ताहरू पनि अहिले सम्हालिएका छन्, जसले बजार प्राकृतिक घटबढतर्फ नै देखिएको छ ।

प्रतिकृया