• ६ असोज २०८३, मंगलबार
  • १२ः५४ दिउँसो

हिमालयन बैंकको सवा १३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार ०३:२३

चैत्र २०, २०८० काठमाडौँकाठमाडौं। हिमालयन बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १३ लाख २७ हजार ८६७ कित्ता सेयर बिक्रीमा राखेको छ।

National Life

बैंकले नम्रता श्रेष्ठ, प्रकाश तायल, इश्वरलाल श्रेष्ठ, गिरेन्द्रमान सिंह श्रेष्ठ लगायत ८ जना संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउने छन्।

इच्छुक संस्थापक सेयरधनीले खरिद गर्न चाहेको सेयर संख्या र प्रति कित्ता मूल्य उल्लेख गरी बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्। मंगलबारदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

Classic Tech Mobile
Classic Tech Desktop

तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा संस्थापकबाहेक अन्य खरिदकर्ताका लागि बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ।

प्रतिकृया