• ६ असोज २०८३, मंगलबार
  • ४ः०१ बेलुका

त्रिकोणात्मक टी-२० सिरिज : आज भारतको बरोडासँग खेल्दै नेपाल

प्रकाशित मिति

२०८० चैत्र २० गते, मंगलवार ०८:२९

चैत्र २०, २०८० काठमाडौँ: भारतमा त्रिकोणात्मक टी-२० सिरिज खेल्न पुगेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज बरोडासँग खेल्दैछ। पहिलो खेलमा आइतबार गुजरातमाथि ८ विकेटको जित निकालेको नेपाल आजसमेत उच्च मनोबलका साथ मैदानमा हुनेछ।

National Life

नेपाल विश्वकपको तयारी स्वरुप गुजरात र बरोडासँग सिरिज खेल्न भारत गएको हो। नेपालले प्रतिस्पर्धा गर्ने भारतका दुवै टोली राज्य स्तरका हुन्।

तेस्रो खेल नेपालले बुधबार फेरि गुजरातसँग खेल्नेछ। नेपालले अर्को खेल चैत २३ गते बरोडामा हुनेछ। लिग चरणमा एक अर्कासँग दुईदुई खेल खेलेपछि शीर्ष दुई टोलीबिच फाइनल प्रतिस्पर्धा हुनेछ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपालको भारत भ्रमणलाई आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकपको तयारीका रुपमा लिइएको छ। विश्वकपमा नेपाल समूह ‘डी’ मा छ। विश्वकपमा नेपालको समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बङ्गलादेश र नेदरल्यान्ड्स छन्।

प्रतिकृया