• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

म र शाहरुख पछिल्लो पुस्ताका स्टार हौं : कंगना रनौत

प्रकाशित मिति

२०८० चैत्र १६ गते, शुक्रबार १२:१९

चैत्र १६, २०८० काठमाडौँ: हालै लोकसभा चुनावमा टिकट पाएर चर्चामा रहेकी कंगना रनौतले आफूलाई शाहरुख खानसँग तुलना गरेकी छिन् । उनी आफू र शाहरुख खान पछिल्लो पुस्ताका स्टार हुन् भन्ने विश्वास गर्छन् ।

एक अन्तर्वार्तामा उनलाई फिल्म फ्लप भएका कारण राजनीतिमा प्रवेश गरिरहेकी भनी सोधिएको थियो । त्यसको जवाफमा उनले आफूलाई शाहरुख खानसँग तुलना गरिन्, जसका धेरै फिल्म फ्लप भएका थिए ।

Kamana Sewa

यससँगै उनले ओटीटीमा देखिएका कलाकारहरुको पनि खिल्ली उडाइन् । हालै टाइम्स नाउसँगको कुराकानीमा कंगनाले भनिन्, ‘विश्वमा कुनै पनि अभिनेता यस्तो छैन जसले कहिल्यै फ्लप फिल्म नदिएको हो । शाहरुख खानले पनि हिट फिल्मका लागि १० वर्ष कुर्नुपरेको थियो र त्यसपछि उनको पठान हिट भयो । मेरो पनि ७–८ वर्षसम्म कुनै हिट फिल्म थिएन र त्यसपछि रानी फिल्मले त्यो काम गर्यो। त्यसपछि मैले ३-४ वर्षसम्म मेरो फिल्म हिट भएन । तर, पछि मणिकर्णिका हिट भयो । अब मेरो फिल्म ‘इमर्जेन्सी’ आउँदैछ, त्यो पनि हिट हुन्छ भन्ने आशा छ ।’

Classic Tech Desktop

कंगनाले थप भनिन्, ‘ओटीटी प्लेटफर्मका कारण आजकल कलाकारहरूले आफ्नो प्रतिभा देखाउने धेरै अवसर पाइरहेका छन् । हामी स्टारहरूको अन्तिम पुस्ता हौं, ओटीटीमा कुनै स्टारहरू छैनन्। भगवानको कृपाले हामी चर्चित अनुहार हौं, त्यसैले फ्लप भएर राजनीतिमा आएको भन्ने लाग्दैन ।’

कला क्षेत्रबाहेक आफू वास्तविक संसारमा पनि संलग्न हुन चाहेको उनले बताइन् ।

प्रतिकृया