• 6:26 pm

आज सुनको मूल्य बढ्दा चाँदीमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

प्रकाशित मिति

March 27, 2024

चैत्र १४, २०८० काठमाडौँ: सुनको भाउ आज प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले बढेर १ लाख २६ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २६ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, मंगलबार छापावाल सुन १ लाख २५ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २५ हजार ८०० रुपैयाँ निर्धारण भएको थियो । यता, बुधबार चाँदीको भाउ भने प्रतितोला १५ रुपैयाँले घटेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।

सोमबार चाँदीको भाउ प्रतितोला १५ सय ५ रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार १७७.९८ डलरमा र चाँदी प्रतिऔंस २४.४४ डलरमा कारोबार भइरहेको छ ।

प्रतिकृया