• १४ जेष्ठ २०८१, सोमबार
  • 12:16 am

आयरल्याण्ड वल्भ्सविरुद्ध नेपालको १५० रन पूरा

प्रकाशित मिति

१३ चैत्र २०८०, मंगलवार १४:२०

चैत्र १३, २०८० काठमाडौँ: आयरल्याण्ड वल्भ्सविरुद्धको दोस्रो टी–२० क्रिकेटमा नेपालले १५० रन पूरा गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा १५० रन पूरा गरेको हो ।

नेपालका लागि अहिले कप्तान रोहित कुमार पौडेल र कुशल मल्लले ब्याटिङ गरिरहेका छन् । यसअघि नेपालका गुल्शन झा ४६, अनिल साह १२, ओपनर कुशल भूर्तेल २५ र आसिफ शेख ११ रनमा आउट भए ।

टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो ।

प्रतिकृया