• ५ साउन २०८३, मंगलबार
  • ६:११ बेलुका

हङकङलाई हराउँदै पिएनजी त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा

प्रकाशित मिति

२०८० फाल्गुन २९ गते, मंगलवार ०३:०९

फागुन २९, २०८० काठमाडौँ: पपुवा न्युगिनी (पिएनजी) ले हङकङ –चाइनालाई आठ ओभरले पराजित गरेको छ । मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो । हङकङ –चाइनाविरुद्ध १ सय २२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो ।

पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले । ४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले । यस्तै, ३३ बलको समना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए ।

Kamana Sewa

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो । तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजीत गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ । बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्ने छ ।

Classic Tech Desktop

प्रतिकृया