• ७ असोज २०८३, बुधबार
  • ३ः३६ दिउँसो

नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दै

प्रकाशित मिति

२०८० फाल्गुन २६ गते, शनिबार ०८:५५

फागुन २६, २०८० काठमाडौँ: नेपाल र हङकङले आज मैत्रीपूर्ण क्रिकेट खेल्दैछन् । खेल बिहान ११ः१५ बजे सुरु हुनेछ ।

National Life

नेपाली क्रिकेट टोली हाल हङकङमा रहेको छ । त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली टोली बिहीबार हङकङ गएको हो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी–२० आई शृङ्खला सुरु हुँदै छ । त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

त्रिकोणात्मक शृङ्खलामा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ । यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग अर्को खेल खेल्नेछ । फागुन ३० गते त्रिकोणात्मक शृङ्खलाको फाइनल खेल हुनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा रहेका छन् ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले हङकङको भ्रमण गरेको नेपाल क्रिकेट संघले जनाएको छ ।

प्रतिकृया