• २० भदौ २०८३, शनिबार
  • ७ः३३ बेलुका

डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०३:२६

फागुन २१, २०८० काठमाडौँ: विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभाष श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ । विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ ।

Kamana Sewa

यो सम्भवतः विश्वको सस्तो म्युजिक भिडियो रहेको डा.उपाध्यायले जानकारी दिनुभयो । डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

Classic Tech Desktop

यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् । दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

प्रतिकृया