• १८ भदौ २०८३, बिहीबार
  • २ः३७ दिउँसो

नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार ०३:२२

फागुन २१, २०८० काठमाडौँ: नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ । कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो ।

आइतबार आयोजित निःशुल्क श्रवण परीक्षण तथा नाक कान घाँटी निःशुल्क ओपिडीमा ९७ जनाले ओपिडी सेवा लिएको तथा ३० जनाको कानको श्रवण परिक्षण गरिएको नाक कान घाँटी रोग विज्ञागको विशेषज्ञ चिकित्सक डा. सुमेध मिश्राले जानकारी दिए ।

Kamana Sewa

सो क्रममा धेरैको नाक कान घाँटी सम्बन्धी र कानको श्रवण सम्बन्धी समस्याहरुले देखिएको छ । चिकित्सकहरुले कानको श्रवणमा समस्या देखिएकाहरुलाई आवश्यक परामर्श सहित कानको श्रवणको उपचार गर्न सल्लाह दिएका थिए । परिक्षणमा वयस्क महिला पुरुष, ज्येष्ठ नागरिक र बालबालिकाहरु पनि सहभागी थिए । चिकित्सकहरुले नेपालमा कानको श्रवण सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने, ज्येष्ठ नागरिकमा श्रवण सम्बन्धी समस्या आइपरेपछि देखिने शारिरीक र मानसिक अवस्थाका बारेमा सचेतना समेत दिएका थिए ।

Classic Tech Desktop

विश्व स्वास्थ्य संगठनले प्रत्येक वर्ष मार्च ३ लाई विश्व श्रवण दिवसका रुपमा मनाउने गरेको छ । नाक कान घाँटी रोग विशेषज्ञ चिकित्सक डा. सुमेश मिश्राका अनुसार गर्भावस्थामै गर्भको शिशुको श्रवण शक्तिको परीक्षण गर्ने विधिहरु आइसकेको छ । पेटमा रहेको शिशुको श्रवण क्षमताको परीक्षण गरी शिशु जन्मिएको ६ महिनासम्ममा श्रवण समस्याको उपचार गर्न सकिने डा. मिश्राको भनाई छ । ‘गर्भावस्थामै धेरै यस्ता संक्रमणहरु छन् जो आमाबाट बच्चामा पास हुँदैगर्दा जन्मजात नै श्रवण सम्बन्धी समस्या हुने गरेको छ । त्यस्ता संक्रमणको रुटिन प्रोफाइलहरु हरेक प्रसुति तथा स्त्री रोग विशेषज्ञले गर्नुहुन्छ ।’ डा. मिश्रा भन्छन् ।

गर्भवती अवस्थामा अत्याधिक मात्रामा औषधीहरु खासगरी प्रसुति रोग विशषज्ञ चिकित्सकले सिफारिस नगरीकन सेवा गर्दा पाठेघरमा रहेको बच्चाको स्वास्थ्यमा असर गर्दछ । ‘धेरै औषधीहरु हुन्छन् जसलाई अटो टक्सिस गुण भन्छौं । त्यसले पछि गएर बच्चाको कानमा असर गर्नसक्ने भएकोले कुशल र अनुभवी प्रसुति तथा स्त्री रोग विशेषज्ञको सल्लाहमा औषधी सेवन गर्नुपर्छ ।’ नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी तथा नाक कान घाँटी सम्बन्धी जस्तोसुकै समस्याको उपचार हुने भन्दै डा. मिश्राले भने ।

कान नसुन्ने समस्या बालबालिका र ज्येष्ठ नागरिकमा बढी मात्रामा हुने भन्दै डा. मिश्राले ज्येष्ठ नागरिकहरुमा ‘म कान सुन्दिन’ भन्दा अरुले कमजोर ठान्ने वा सामाजिक, पारिवारिक हिनताभाव महशुष गर्ने भएकाले उनीहरुले खुलेर भन्न नसकेको जिकीर गरे । ‘हामी कहाँ आउने अधिकांश बा आमाहरुमा हेयरिङ एड लगाउँदा कसैले केही भन्ने होकि, गिज्याउने हो कि भन्ने चिन्ता देखिएको छ । कान नसुन्ने समस्यालाई आजको दिनमा उपचार गरेर निको पार्न सकिन्छ । कान नसुन्दैमा समाजमा बाच्न सकिँदैन भन्ने भ्रमबाट मुक्त गर्नु अपहिरहार्य छ ।’ यसका लागि परिवारका ज्येष्ठ नागरिकलाई कानको समस्या छ वा कान नसुन्ने समस्या देखिएको छ भने उनीहरुको उपचार गर्न ध्यान दिनुपर्ने भन्दै भने ।

कलेजले श्रवण सम्बन्धी सचेतना फैलाउन तथा आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न निःशुल्क ओपिडी तथा श्रवण सम्बन्धी परिक्षण सेवा दिइएको जनाएको छ ।

प्रतिकृया