• ४ साउन २०८३, सोमबार
  • ६:५८ बेलुका

एमाले नेतृत्वको गठबन्धन सरकारमा जाने कि नजाने अन्योलमा माधव नेपाल

प्रकाशित मिति

२०८० फाल्गुन २१ गते, सोमबार १०:४३

फागुन २१, २०८० काठमाडौँ: नेकपा माओवादी, नेकपा (एमाले), रास्वपा र जसपासहित नयाँ गठबन्धनबाट सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी भइरहँदा नेकपा (एकीकृत समाजवादी) अन्यौलमा छ । नयाँ गठबन्धनमा सामेल हुने कि नहुने अन्योलमा देखिएको नेताहरु बताउँछन् ।

एमाले अध्यक्ष ओली समेत नेकपा (एकीकृत समाजवादी)लाई गठबन्धनमा ल्याउन सकारात्मक देखिए पनि एकीकृत समाजवादीले अहिलेसम्म सरकारमा जाने वा नजानेबारे केही निर्णय गरिसकेको छैन ।

Kamana Sewa

प्रचण्ड पनि एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन चाहन्छन् । यसबारे छलफल गर्न अध्यक्ष माधव कुमार नेपालले पार्टीले सचिवालय बैठक बोलाएको छ ।

Classic Tech Desktop

आज अपराह्न ३ बजे सचिवालय बैठक बस्ने महासचिव घनश्याम भूसालले बताए । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

प्रतिकृया