• ११ असोज २०८३, आइतबार
  • १ः३३ दिउँसो

वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गर्दैछन्ः सभामुख घिमिरे

प्रकाशित मिति

२०८० फाल्गुन ३ गते, बिहीबार ०३:३९

फागुन ३, २०८० काठमाडौँ: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले वितृष्णाको वातावरणमा प्रतिगामीहरुले खेल्ने कोशिस गरिरहेको बताउनुभएको छ । बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले वितृष्णाको वातावरणमा खेल्ने कोशिसलाई राजनीतिक दलहरु र सम्पूर्ण नागरिकहरुले सामना गरेर अघि बढ्नको लागि एतावद्ध हुन जरुरी रहेको बताउनु भयो ।

National Life

उहाँले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता रहेको बताउनु भयो । उहाँले समृद्ध मुलुकका लागि राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताउनु भयो । सभामुख घिमिरेले पछिल्लो समय व्यवस्था र राजनीतिक दलका विषयमा जनमानसमा नैराश्यता छाएकाले गर्दा पनि राजनीतिक दलहरूमा एकता रहनु जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ ।

अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ । सहमतिबाट नै योजनाहरु बन्नुपर्छ । अहिले जसरी वितृष्णाको वातावरणमा खेल्ने कोशिस भइरहेको छ, यसलाई सामना गर्न मुलतः राजनीतिक दलहरुले र सँगै सम्पूर्ण नागरिकहरुले यसको सामना गरेर अघि बढ्नको लागि एतावद्ध भएर अघि बढ्नुपर्छ ।’ सभामुख घिमिरेले सरकारले संसदमा बिस्तारै बिजनेस दिइरहेको बताउनु भयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया