• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा १५.९७% बढ्यो

प्रकाशित मिति

२०८० माघ २९ गते, सोमबार १२:३०

माघ २९, २०८० काठमाडौँ: सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको खुद नाफा १५.९७ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

पोहोर ६ महिनामा कम्पनीले १७ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। कम्पनीको खुद बीमा शुल्क आर्जन ४.३२ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा ७९ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ ।

Kamana Sewa

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६२ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी १५.३२ रुपैयाँ छ भने कम्पनीको प्रतिसेयर नेटवर्थ २३२.४५ रुपैयाँ छ ।

Classic Tech Desktop

प्रतिकृया