• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका सूचकले देखाउछन सुधार, इपिएस १० रुपैयाँ माथि

प्रकाशित मिति

२०८० माघ २३ गते, मंगलवार ०४:३९

माघ २३, २०८० काठमाडौँ: रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० र८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीका सूचकमा सुधार देखिएको छ ।

खुद नाफा

Kamana Sewa

इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमासमा २३ करोड ९ लाख रुपैयाँ खुद नाफाआर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २२ करोड ४५ हजार रुपैयाँ खुद नाफा गरेको थियो । यो ४ दशमलव ९६ प्रतिशतले बढेको हो ।

Classic Tech Desktop

कुल बीमा शुल्क आर्जन

समिक्षा अवधि सम्ममा कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन ८ प्रतिशतले बृद्धि भएको हो ।

खुद बीमा शुल्क
पुस मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन २ प्रतिशतले बढेको छ। यो ६ महिना सम्म कम्पनीले १ अर्ब ७५ करोड २६ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

सेयर पूँजी
४ अर्ब रुपैयाँ

सेयर प्रिमियम
१ अर्ब ७५ करोड ७२ लाख रुपैयाँ

महाविपत्ती कोष
१४ करोड ३७ लाख रुपैयाँ

जगेडा कोष
१ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ

जीवन बीमा कोष
८ अर्ब ५३ करोड

प्रति सेयर आम्दानी
११ रुपैयाँ ५५ पैसा

प्रति सेयर नेटवर्थ
१ सय ७९ रुपैयाँ ७१ पैसा

मूल्य आम्दानी अनुपात
४९.०१ गुणा

प्रतिकृया