• 3:38 am

८ औं केबिन रोहन उपत्यका प्रतियोगिता फागुन तेस्रो हप्ता हुने

प्रकाशित मिति

२०८० माघ १५ गते, सोमबार ०५:०८

माघ १५, २०८० काठमाडौँ: नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किकबक्सीङ संघद्वारा आयोजित ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता फागुनको तेस्रो हप्ता हुने भएको छ । संघद्धारा आयोजित पत्रकार सम्मेलन मार्फत आउँदो फागुन १८,१९ र २० गते काठमाडौं स्थित दक्षिणकाली –१ खहरेमा इण्डो नेपाल प्रतियोगिता तथा अन्तराष्ट्रिय सेमिनार एवं ८ औ केबिन रोहन उपत्यका प्रतियोगिता आयोजना हुने भएको हो ।

नेपाल क्योकिसिन काईकान अलाइट कराते एसोसिएशन एण्ड किक बक्सीङ संघका अध्यक्ष विनोद गुरुङको सभापतित्वमा दक्षिणकाली नगरपालिकाका नगर प्रमुख मोहन बस्नेतको प्रमुख आतिथ्यतामा आगामी फागुन १८, १९ र २० गते हुन गई रहेको 1st Indo Nepal-4th Mayor Cap National & 8th Kevin Rohan Memorial Championship & International Dan Test प्रतियोगिता हुने पत्रकार सम्मेलन मार्फत आज जानकारी गराइएको हो । नगरप्रमुख बस्नेतले आयोजित प्रतियोगितालाई नगरपालिकाको तर्फबाट सरसल्लाह गरेर के कस्तो सहयोग गर्न सक्छौ हामी गछौं उहाँले बताउनु भयो । खेलको नीति र नियम अनुसार खेल खेल्दा कुनै किसिमको खतरा नहुने र खेलेर भन्दा पनि पेलेर जित्नुपर्छ भन्ने मानसिकता हुन नहुने बताउनु भयो । आर्थिक रुपले मात्र खेल सफल हुँदैन मानसिक रुपमा पनि सफल बनाउन पैसाले किन्न नपाइने चिज खेल आवश्यक भएको बताउनु भयो । विशिष्ट अतिथि वडा अध्यक्ष जय थापा मगरले यो प्रतियोगिता सफल गराउन वडाबाट सहयोग हुने बताउनु भयो । यसैगरि संघका संरक्षक कृष्ण गुरुङले उक्त खेलको लागि २ लाख सहयोग गर्ने बताउनु भयो । त्यसैगरि आसियारा कराते संघका अध्यक्ष अनिल न्यौपानेले खेलाडीलाई ३०० वटा टिसर्ट उपलब्ध गराउने बताउनु भयो ।

त्यसो त पत्रकार सम्मेलनमा उपस्थित अरु संघ संस्थाबाट पनि आफुहरुले सक्ने सहयोग गर्ने बताउनु भयो । त्यसैगरि संघका अध्यक्ष विनोद गुरुङले खेलको बारेमा विस्तृत रुपमा जानकारी गराउँदै सबैको सहयोग र साथले यो कार्यक्रम भव्य र शव्यरुपमा सफल हुनेमा विश्वस्त भएको बताउनु भयो । नेपाल प्रेस युनियनका केन्द्रिय सचिव छायाचन्द्र भण्डारीले उक्त प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न आवश्यक सहयोग गर्ने बताउनु भयो ।

प्रतिकृया