• 10:48 am

कृषि बैंकका उपमहाप्रबन्धक सुवेदी नेको इन्स्योरेन्सको सञ्चालकमा निर्वाचित

प्रकाशित मिति

२०८० माघ १४ गते, आईतवार ११:११

माघ १४, २०८० काठमाडौँ: नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिको सदस्यमा कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रताप सुवेदी निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको आज सम्पन्न २८ औं वार्षिक साधारणसभाबाट सुवेदी कम्पनीको सञ्चालक समितिमा निर्वाचित भएका हुन् । कृषि विकास बैंकको तर्फबाट सुवेदीलाई सञ्चालक समितिमा निर्वाचित गरिएको हो ।

कम्पनीको अध्यक्षमा रमेश प्रसाद निरौला चयन भएका छन् । आज सम्पन्नसाधारण सभाबाट संस्थापक सेयरधनीको तर्फबाट सुवेदीसहित विनय रमण पौडेल (प्रतिनिधी राष्ट्रिय वाणिज्य बैंक) तथा सर्वसाधारण समुहबाट भानुभक्त पोखरेल, डा.निलीमा श्रेष्ठ र भरत कुमार अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिकृया