• २ असार २०८१, शनिबार
  • 2:58 am

अफगानिस्तानविरुद्ध नेपाललाई पाँचौं सफलता, आकाशले लिए तेस्रो विकेट

प्रकाशित मिति

१२ माघ २०८०, शुक्रबार १४:५३

माघ १२, २०८० काठमाडौँ: आइसीसी यू–१९ विश्वकप अन्तर्गत नेपाल र अफगानिस्तानबीचको खेल जारी छ । आफ्नो समूह चरणको अन्तिम खेलमा नेपालले सानदार सुरुवात गरेको छ ।

बफेलो पार्क इस्ट लन्डनमा टस जितेर पहिला ब्याटिङ रोजेको अफगानिस्तानले पाँचौं विकेट गुमाएको छ । अफगानिस्तानले पाँचौं विकेटको रुपमा अलि अहमदलाई गुमाएको हो ।

नेपालका आकाश चन्दले उनलाई एलबीडब्लु पारे । आकाशको यो तेस्रो विकेट हो । यो समाचार तयार पार्दासम्म अफगानिस्तानले ९.१ ओभरमा ५ विकेटको क्षतिमा ३४ रन जोडेको छ ।

प्रतिकृया