• ४ साउन २०८३, सोमबार
  • ८:३७ बेलुका

स्यानिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा दायर

प्रकाशित मिति

२०८० माघ ११ गते, बिहीबार ०३:३८

माघ ११, २०८० काठमाडौँ: स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा दायर भएको छ ।

रुपनी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानिटरी प्याड खरिद गरेको उजुरीका आधारमा अनुसन्धान हुँदा तत्कालीन अधिकृत अरविन्द कुमार चौधरीसहित ५ जनाले भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Kamana Sewa

तत्कालीन अधिकृत चौधरीसहित लेखा अधिकृत श्याम सुन्दर यादव, माध्यमिक तह शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराज सप्तरी दोस्रो पक्षको तर्फबाट प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध विशेष अदालत भ्रष्टाचार मुद्दा दायर भएको छ ।

Classic Tech Desktop

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार ९ लाख ११ हजार ९२५ रुपियाँ पर्ने जस्मिन हाईजिन प्रोड्रक्ट प्रालि।मोरङवारा उत्पादित स्यानिटरी प्याडलाई १७ लाख ८५ हजार ९२८ मा खरिद बिक्री गरी आठ लाख ७४ हजार बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट पुष्टि भएको हो ।

प्रतिकृया