• ९ असोज २०८३, शुक्रबार
  • १०ः३० बिहान

गण्डकीलाई हराउँदै हेल्प नेपाल टाइगर कपको च्याम्पियन

प्रकाशित मिति

२०८० माघ ६ गते, शनिबार ०६:०५

माघ ६, २०८० पोखरा : चौथो संस्करणको टाइगर कप भलिबलमा हेल्प नेपाल स्पोर्ट्स क्लब च्याम्पियन बनेको छ। शनिबार भएको फाइनल खेलमा घरेलु टोली गण्डकीलाई पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो ।

National Life

साविकको विजेता गण्डकी ३–१ को सेटमा पराजित हुँदै तेस्रो पटक उपाधि विजेता हुनबाट रोकियो। घरेलु दर्शकको भरपुर साथ पाएको गण्डकीको सुरुवाती प्रदर्शन नै खराब भयो ।

गण्डकीलाई हेल्प नेपालले पहिलो सेटमा २५–१३ र दोस्रो सेटमा २५–१८ ले पराजित गर्न सफल भयो। तेस्रो सेटमा २३–२५ ले पछि परेको हेल्प नेपालले चौथो सेटमा २५–१७ ले जित निकाल्दै उपाधि रक्षा गर्न सफल भयो । उपाधिसँगै हेल्प नेपालले ५ लाख ५५ हजार ५५५ रूपैयाँ प्राप्त गरेको छ। उपविजेता गण्डकीले २ लाख ५५ हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।

Classic Tech Mobile
Classic Tech Desktop

टाइगर ग्रुप अफ पोखरा नेपालले आयोजना गरेको प्रतियोगितामा गण्डकीले तीन जना भारतीय खेलाडी टिममा समावेश गर्दा हेल्प नेपाल पनि तीन जना पाकिस्तानी खेलाडी समावेश गरेर मैदान उत्रिएको थियो ।

शुक्रबार भएको सेमिफाइनलमा गण्डकीले सशस्त्र प्रहरी बलको एपिएफ क्लब र हेल्प नेपालले पाहुना टोलि श्रीलंकन आर्मीलाई पराजित गर्दै फाइनल यात्रा सुरक्षित गरेका हुन् ।

प्रतिकृया