• ०६:३१ २०८० फाल्गुन १२ गते
  • 6:31 am

बागमतीले कोशीलाई हरायो, इशानले लिए ५ विकेट

प्रकाशित मिति

२०८० माघ ५ गते, शुक्रबार ०४:५७

bagmatic

माघ ५, २०८० काठमाडौँ: प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा बागमतीले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा २७४ रनको लक्ष्य पछ्याएको कोशी १७ बल अगाडि २०९ रनमा अलआउट भयो ।

तीन खेलमा जित हात पारेको बागमती अंक तालिकाको दोस्रो स्थानमा छ। लगातार पाँचौँ खेलमा पराजित भएको कोशी अंकविहीन रहँदै पुछारमा छ ।

कोशीका लागि कप्तान सुजन थपलिया र अंकित सुवेदीले अर्धशतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सकेनन्। सुजनले ५९ र अंकितले ५३ रन जोडे ।

कोशीलाई हराउने क्रममा बागमतीका इशान पान्डेले ५ विकेट लिए । सूर्य तामाङले २ तथा रिजन ढकाल र प्रतिक श्रेष्ठले १–१ विकेट लिए । पहिले ब्याटिङ गरेको बागमतीले ४८.३ ओभरमा अलआउट हुँदै २७३ रन बनाएको थियो ।

ओपनर आशुतोष घिरैयाले शतक प्रहार गरे । उनले १११ बलमा १६ चौका र २ छक्का प्रहार गर्दै ११८ रन बनाएका थिए।

प्रतिकृया