• ०४:२८ २०८० फाल्गुन १२ गते
  • 4:28 am

राजश्व छलेको अभियोगमा दुई करोड नगदसहित अग्रवाल पक्राउ

प्रकाशित मिति

२०८० माघ ५ गते, शुक्रबार ०९:१८

Arrest pakrau e1662883798182

माघ ५, २०८० काठमाडौँ: राजस्व अनुसन्धान विभागले राजश्व छली गरेको अभियोगमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । बिहीबार राति क्षेत्रपाटीस्थित उनको निवासमा विभागको टोलीले छापा मारी २ करोड नगदसहित उनलाई पक्राउ गरेको हो ।

उनीमाथि हुन्डी र सुन कारोबार गरी राजश्व छली गरेको आरोप छ । अग्रवालको साथबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको विभागले जनाएको छ।

अग्रवाल सुन र हुन्डी कारोबारमा संलग्न भएको विषयमा थप अनुसन्धान भइरहको विभागका एक अधिकारिले जानकारी दिएका छन् ।

ती अधिकारीका अनुसार अवैध धन्दामा लागेको शंकामा अग्रवाललाई लामो समयदेखि निगरानीमा राखिएको थियो। उनी क्रिप्टोकरेन्सीमा समेत संलग्न रहेको विभागको अनुमान छ ।

अहिले उनलाई राजस्वको हिरासतमा राखिएको छ ।

प्रतिकृया