• 8:00 am

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न

प्रकाशित मिति

२०८० पुष १५ गते, आईतवार १२:२९

पुस १५, २०८० काठमाडौँ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२ देखि १४ गतेसम्म सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालय, बी।पी। स्मृति भवन, बी।पी। नगर, ललितपुरमा संचालन भएको बैठक हिजो सम्पन्न भएको छ ।

केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू सार्वजनिक गर्न र पौष १६ गतेको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको कार्यक्रमका बारेमा जानकारी गराउन आज पौष १५ गते आइतबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।

हिजाेकाे बैठकमा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय— गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू— फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू— प्रकाशमान सिंह, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, अजुर्ननरसिंह के.सी., बलबहादुर के.सी., जीपछिरिङ लामा, जीवनबहादुर शाही, पुष्पा भुसाल, शंकर भण्डारी, मिनाक्षी झा, गोविन्द भट्टराई, प्रदीप पौडेल, रमेश लेखक, शिवप्रसाद हुमागाँइ, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, चन्द्रबहादुर के.सी., डा. आरजु राणा देउवा, राजीव ढुंगाना, गोविन्दबहादुर शाह, डा. रणबहादुर रावल, प्रतिमा गौतम, जावेदा खातुन जागा, जानकी सिंह, नानु बास्तोला, भीम पराजुली, कान्तिका सैजुवाल, उर्मिला नेपाल के.सी., सिताकुमारी राना, सुशीला ढकाल (आचार्य), विद्यादेवी तिमिल्सीना, शान्ति परियार वि.क., सीता थपलिया (उर्मिला), गोमाकुमारी भट्टराई, लक्ष्मी खतिवडा, शारदा पौडेल, प्रदेश सभापतिहरू— अमरसिंह पुन (लुम्बिनी प्रदेश) र बीरबहादुर बलायर (सुदूरपश्चिम प्रदेश) ले आ–आफ्नो धारणा राख्नु भएको थियो ।

प्रतिकृया