• ११ असोज २०८३, आइतबार
  • ११ः४१ बिहान

रास्वपा सभापति लामिछानेको दबाब टोली नवलपरासीको बर्दघाटमा

प्रकाशित मिति

२०८० पुष ११ गते, बुधबार ०४:०८

पुस ११, २०८० काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहितको दबाब टोली नवलपरासीको बर्दघाट पुगेको छ । बुटवल–नारायणगढ सडक विस्तारमा चरम ढिलासुस्ती भएपछि दबाब दिन सभापति लामिछानेले उक्त खण्डको पदयात्रा गरेका हुन् । चिनियाँ कम्पनीले ठेक्का पाएको पूर्वपश्चिम राजमार्गको उक्त खण्डमा काम अति सुस्त हुँदा सवारी आवागमनमा धेरै सास्ती छ ।

National Life

बर्दघाटमा लामिछानेको टोलीलाई पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले स्वागत गरेका छन् ।सडक निर्माण भई सकिनुपर्ने समयमा बल्ल ४० प्रतिशत मात्र काम भएपछि पार्टीले दबाब यात्रा गरेका पार्टी जिल्ला संयोजक मदन पौडेलले बताए ।

दबाबमूलक पैदल यात्रा तेस्रो दिन बुधबार बर्दघाटबाट बुटवल पुगेर पुरा हुने छ । लामिछानेको टोलीले गत सोमवार पूर्वी नवलपरासीको गैंडाकोटमा ११३ किलोमिटर यात्रा सुरु गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया