• ५ साउन २०८३, मंगलबार
  • ६:०६ बेलुका

बहस नसकिएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०४:१५

पुस ८, २०८० काठमाडौँ: क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दायर बलात्कार मुद्दाको अन्तिम सुनुवाइ जारी छ। आइतबार भएको सुनुवाइ नसकिएपछि यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको छ ।
न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा आइतबार सुरुमा पीडिततर्फबाट सरकारी वकिलले बहस गरेका थिए।

आइतबार सहायक जिल्ला न्यायाधिवक्ता सुरबहादुर परियारले बहस गरेका थिए। आइतबार दिउँसो खाजा समयपछि पनि सरकारी वकिलले बहस गर्दा नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो।

Kamana Sewa

सरकारी वकिलले बहस सकेपछि पीडितका निजी कानुन व्यवसायीले पनि बहस गर्ने तालिका छ। पीडितका तर्फबाट बहस पूरा भएपछि अभियुक्त सन्दीपका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने छन् । आइतबार बहस पूरा नभएपछि यो मुद्दालाई हेर्दाहेर्दैमा राखिएको अदालत प्रशासनले जनाएको छ ।

Classic Tech Desktop

मुद्दाको अन्तिम सुनुवाइ सकिएपछि सन्दीपले कि सफाइ पाउँछन् कि जेल सजाय। सन्दीप दोषी ठहर भए उनी कम्तीमा १० वर्ष जेलमा बस्नुपर्नेछ । पीडित किशोरीको उमेर १८ वर्ष कम (नाबालिग) भएको दाबी गर्दै १० देखि १२ वर्षसम्मको कैद सजाय माग गरी मुद्दा हालिएको छ ।

मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा २ अनुसार १८ वर्ष नपुगेकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई बलात्कार मानिने र दोषीलाई १० देखि १२ वर्षसम्म जेल सजाय हुने उल्लेख छ। तर यो मुद्दामा किशोरीको उमेर नै एकिन हुन सकेको छैन ।

प्रतिकृया