• ५ साउन २०८३, मंगलबार
  • ११:२७ बिहान

मुग्लिन हुँदै पोखरासम्म….

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०३:१२

पुस ८, २०८० काठमाडौँ: लोक दोहोरी गायक एवं सर्जक कृष्णप्रसाद गौतमले मुग्लिन हुदै पोखरा सम्म बोलको गित सार्वजनिक गरेका छन् । युवा युवती विच हुने प्रेम आकर्षण र भेटघाट गर्ने विषयलाई गितको टुक्का मिलाएर सिर्जना गरिएको गित दिवान किनार अफिसियल युट्युव च्यानल मार्फत विहीबार सार्वजनिक भएको हो ।

सर्जक स्वंय गौतम र गायिक लक्ष्मी विसीको आवाज समेटिएको यो गितको शब्द दिवान किनारले लेखेका हुन् भने संगित गायक गौतमले तयार पारेका हुन् । गायक गौतमले यस अघि समेत लास आउँछ बाकस, फेवा तालमा हिमालको छायाँ लगायत गित गाएका छन् ।

Kamana Sewa

गितको भिडियोमा चर्चित मोडेल आयुष्मा कार्की र प्रतिक सिंको अभिनय देख्न सकिन्छ । तनहुको च्याँचुलमा छायाँकन गरिएको गितको भिडियो अहिलेका व्यस्त म्युजिक भिडियो निर्देशक विक्रम चौहानले निर्माण गरेका हुन् ।

Classic Tech Desktop

‘मुग्लिन हुदै पोखरा सम्म…बस्ला माया ख्याल ख्यालमै अचम्म’

भिडियो :

प्रतिकृया