• ५ साउन २०८३, मंगलबार
  • ५:१० बेलुका

स्वारेज र मेसीले फेरि एकसाथ खेल्ने

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०२:००

पुस ८, २०८० एजेन्सी : उरूग्वेका फरवार्ड लुइस स्वारेज र अर्जेन्टिनी स्टार लियोनल मेसीलाई फेरि एकपटक सँगै मैदानमा देखिने भएको छ । स्वारेज अमेरिकी मेजर लिग सकर टोली इन्टर मियामीमा अनुबन्ध भएसँगै दुई स्टार फुटबलरले सँगै खेल्ने भएका हुन् ।

मियामीमा स्वारेज र मेस्सीसँगै सर्जियो बुस्केट्स र जोर्डी अल्बा पनि एकै क्लबबा खेल्नेछन् । स्वारेजले २०१५ र २०१९ बीच मेसी बुस्केट्स र अल्बासँगै बार्सिलोनामा चार ला लिगा उपाधि जितेका थिए ।

Kamana Sewa

यसअघि ३६ वर्षीय स्वारेज ब्राजिलियन क्लब ग्रेमियोबाट व्यवसायिक लिग खेलेका थिए । मियामीका मालिक जोर्गे मासले स्वारेजलाई क्लबमा भित्राउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया