• ९ असोज २०८३, शुक्रबार
  • ३ः०३ दिउँसो

जेसिबीको एक्सक्लुसिभ रिटेलर अब ढल्केबरमा

प्रकाशित मिति

२०८० पुष ८ गते, आईतवार ०१:४१

पुस ८, २०८० काठमाडौँ: एमएडब्लु ग्रुप अन्तर्गतको एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटर प्रा. लि. नेपालको लागि जेसिबीका जेन्युन स्पेयर पार्टस, टायर्स र लुब्रिकेन्ट्सको आधिकारिक विक्रेता हो । कम्पनीले ग्राहकहरुको सहजताको लागि, ग्राहकहरुलाई नक्कली पार्टपुर्जाहरुको प्रयोग र जोखिमबाट जोगाउन जेसिबीका सक्कली पार्ट्सहरु आफ्ना एक्सक्लुसिभ तथा नन् एक्सक्लुसिभ रिटेलरहरु मार्फत देशभर बिक्री वितरण गर्दै आएको छ ।

National Life

यसै अन्तर्गत एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरले आफ्नो एक्सक्लुसिभ रिटेलर पायल मोटर पार्ट्स, ढल्केबरमा सञ्चालनमा ल्याएको छ जसको उद्घाटन ढलकेबर – ६ का वडा अध्यक्ष नन्दकिशोर यादव, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका निर्देशक गोपाल कुमार अग्रवाल, एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरका बिजनेस हेड रोशन कुमार श्रेष्ठ, पायल मोटर पार्ट्सका प्रबन्ध निर्देशक दीपेन्द्र शाह तथा ढल्केबरका स्थानीय ग्राहक मार्फत संयुक्त रुपमा गरियो ।

यसको शुरुवात सँगै अब ढल्केबरका ग्राहकहरुले पायल मोटर पार्ट्स मार्फत सजिलै जेसिबीका सक्कली पार्ट्सहरु खरिद गर्न पाउनुहुनेछ । “जेसिबी मेशिनहरुलाई बिगार्ने, काम चलाउ नक्कली पार्टसको बिक्री र प्रयोगलाई निरुत्साहित गर्ने उद्देश्य लिएर “JCB लाई JCB मात्र” भन्ने नाराका साथ एमएडब्लु पार्ट्स डिष्ट्रिब्युटरको शुरुवात हामीले गरेका हौं र हामीले शुरुवातदेखि नै ग्राहकवर्गबाट एकदम उत्कृष्ट प्रतिक्रिया पाइरहेका छौं,” कम्पनीका प्रतिनिधिले भन्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया