• 5:52 pm

प्रधानमन्त्रीबाट चार सय केभी क्षमताको दोस्रो ठूलो इनरुवा सबस्टेसनको उद्घाटन

प्रकाशित मिति

२०८० पुष ६ गते, शुक्रबार ११:२३

पुस ६, २०८० काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका(४ मा निर्माण गरिएको चार सय केभी क्षमताको इनरुवा सबस्टेशन उद्घाटन गर्नुभएको छ ।

पूर्व -पश्चिम विद्युत आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जिआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूलो सबस्टेसन हो ।

यो सबस्टेशन ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो आयोजना हो । इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ ।

हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००र२२० केभी इनरुवा सबस्टेसनमा तीन सय १५ एमभिए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन् । जसको क्षमता नौ सय ४५ एमभिए छ । इनरुवा-ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब चार हजार मेगावाट विद्युत् आदान प्रदान हुन सक्ने छ ।

प्रतिकृया