• 7:43 pm

प्राधिकरणले तोड्यो माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको ठेक्का

प्रकाशित मिति

२०८० पुष २ गते, सोमबार ०२:१२

पुस २, २०८० काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माणकर्ता चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुपसँग ठेक्का सम्झौता तोडेको छ ।

प्राधिकरणको सहायक कम्पनी माथिल्लो त्रिशुली थ्री बी जलविद्युत कम्पनीले आयोजना निर्माण चरम लापरवाही र ढिलाई गरेको भन्दै निर्माणकर्ता कम्पनीसँग ठेक्का तोडेको हो ।

प्राधिकरणले ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । जो रसुवा र नुवाकोटमा निर्माणाधीन छ ।

उक्त आयोजनाको हालसम्म ६६ प्रतिशत काम सकिएको जनाइएको छ ।

प्रतिकृया