• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड

प्रकाशित मिति

२०८० मंसिर २९ गते, शुक्रबार ०१:४७

मंसिर २९, २०८० काठमाडौँ: अर्थमन्त्री डा. प्रकाशशरण महतले बिमा क्षेत्रमा देखिएको समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् । बिमा सर्भेयर संघ नेपालले शुक्रबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा मन्त्री महतले बिमा गरिसकेपछि भुक्तानी लगाएतमा नागरिकले समस्या भागेको गुनोसो गर्ने गरेको भन्दै समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन् ।

जोखिम न्यूनिकरण गर्नका लागि बिमाको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइनसकेको भन्दै उनले बिमा सचेतनाको आवश्यकता रहेको बताए । बिमा गरिसकेकाहरुलाई आपत पर्दा विमा कम्पनीहरुले तिर्न आनाकानी गर्दा बिमा विस्तारमा अवरोध पुराउने उनको भनाइ छ ।

Kamana Sewa

उनले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि विमामा जोडिएका सबै र बिमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन सुझाव दिए। बिमा सर्भेयरहरुले कुनै प्रभावमा नपरि आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।

Classic Tech Desktop

प्रतिकृया