• 5:33 pm

आजको मौसम: पहाडी भागमा आंशिकदेखि सामान्य बदली, बाँकीको मौसम सफा

प्रकाशित मिति

२०८० मंसिर २८ गते, बिहीबार ०८:१९

मंसिर २८, २०८० काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सफा रहने छ ।

यस्तै, राती देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

पछिल्लो समय तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अपिल गरेको छ ।

प्रतिकृया