• 7:33 pm

मध्यपुर थिमि उपशाखाको २१ औं उपशाखा सभा

प्रकाशित मिति

२०८० मंसिर २७ गते, बुधबार ०४:५९

मंसिर २७, २०८० मध्यपुर थिमि : नेपाल रेडक्रस सोसाइटी मध्यपुर थिमि उपशाखाको २१ औं उपशाखा सभा स्थानीय जनआदर्श क्याम्पसमा सम्पन्न भयो । प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा उपशाखाका सचिव जीवन श्रेष्ठले प्रस्तुत आ.व. २०७९/८० को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०८०/८१ को कार्ययोजना र कोषाध्यक्ष्ँ काशीभक्त कायस्थले प्रस्तुत आ.व. २०७९/८० को आर्थिक प्रतिवेदन तथा आ.व. २०८०/८१ को अनुमानित बजेट सर्वसम्मतले पारित गरेको थियो ।

उपशाखाका सभापति बाबुकाजी श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा बालकुमारी विष्णुवीर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल श्रेष्ठले भक्तपुर जिल्लाकै पहिलो उपशाखाको आºनै भवन बनाउन नसकेको अवस्थामा उपभोक्ता समितिको संयुक्त रुपमा सामुदायिक भवन बनाउन पहल गरिसकेको जानकारी दिंदै नगरपालिकाको सहयोगमा निकट भविष्यमै भवन बनाउन सफल हुने बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडाध्यक्ष बालकुष्ण पात्या श्रेष्ठले शुभकामना मन्तव्य दिंदै उपशाखाको भवन निर्माणमा हरतवरले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका कार्यबाहक सभापति कृष्णेश्वरी हाडाले उपशाखाले भवन बनाएमा जिल्ला शाखाले पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनु हुँदै मध्यपुर थिमि उपशाखाले भवन बनाउन ढिला भइसकेको हुनाले मध्यपुर थिमि नगरपालिकाले चा“डो भन्दा चा“डो भवन बनाउन सहयोग गर्न आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि मध्यपुर थिमि नगरपालिकाका उप्रमुख विजयकृष्ण श्रेष्ठले रेडक्रसले गर्दै आइरहेको सेवाहरु प्रशंसनीय रहेको र मध्यपुर थिमि नगरपालिकाले पनि भक्तपुर शाखाको सहकार्यमा नगरबासीहरुलाई निःशुल्क रगत उपलब्ध गराउ“दै आएको र स्वास्थ्य, शिक्षा र रोजगारीमा विशेष योजना बनाई काम गरिरहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले २१ औं उपशाखा सभाको सफलताको शुभकामना दिंदै उपशाखाको भवन निर्माणमा वन उपभोक्ता समितिसँग सहकार्य गरी छिटै भवन निर्माण गरिदिने प्रतिवद्धता जनाउनुभयो । कार्यक्रममा उहा“ले रेडक्रस भवन निर्माणको लागि जग्गाको अवलोकन पनि गरिसकेको त्यसको लागि आवश्यक प्रक्रिया अगाडि बढाउने बचन दिनुभयो । मध्यपुर थिमि नगरपालिकालाई दिगो रुपमा स्वास्थ्य, शिक्षा, रोजगार र पर्यटन विकासमा ठोस योजनाका साथ लागिरहेको बताउनुभयो । मध्यपुर थिमिको ऐतिहासिक स्थान नाम संकलन गरी त्यसलाई लागु गने शुभारम्भ भइसकेको जानकारी दिनुभयो ।

उपशाखाका उपसभापति सविना श्रेष्ठले स्वागत गर्नु भएको कार्यक्रममा सचिव जीवन श्रेष्ठले कार्यक्रम संचालन गर्नुभएको उक्त सभाबाट “उत्कृष्ट स्वयंसेवक पुरस्कार”को लागि समाजसेवी सूर्यकृष्ण थापा श्रेष्ठले रू. १ लाख ११ हजार १ सय ११ रुपैयाको धनराशी अक्षयकोष स्थापना गर्न चेक हस्तान्तरण गर्नुभयो । कार्यक्रममा अर्को वर्षदेखि लागु हुनेगरी “उत्कृष्ट स्वयंसेवक पुरस्कार” नियमावली – २०८० पारित गरिएको थियो । उपशाखालाई अगाडि बढाउनका लागि विपद् व्यवस्थापन कोष, शवबाहन व्यवस्थापन कोष, स्वास्थ्य उपचार कोष, कर्मचारी उपदान कोष स्थापना गरिएको उपशाखाका सभापति श्रेष्ठले संचारकर्मीहरुलाई जानकारी दिनुभयो । त्यस्तैगरी मनकारी आजीवन सदस्य सुरज श्रेष्ठले उपशाखालाई विपी सेट हस्तान्तरण गर्नुभयो भने पूर्वसभापति भुवनचरण श्रेष्ठले विपद् व्यवस्थापन कोषका लागि १२ हजारको चेक हस्तान्तरण गर्नु भएको थियो । रेडक्रसका सदस्यहरुको स्वास्थ्यलाई ध्यानमा राखी सहुलियत उपचारको लागि भक्तपुर इन्टरनेशनल अस्पतालस“ग “सहुलियत उपचार सेवा” सम्झौता गरेको पनि श्रेष्ठले बताउनुभयो ।

प्रतिकृया