• २० भदौ २०८३, शनिबार
  • ५ः११ बिहान

भारतविरुद्ध नेपाल संकटमा: १० ओभरमा २१ रन बनाउदै ६ विकेट गुमायो

प्रकाशित मिति

२०८० मंसिर २६ गते, मंगलवार १२:३०

मंसिर २६, २०८० काठमाडौँ: एसीसी यू-१९ एसिया कपको आफ्नो तेस्रो खेलमा नेपालले भारतविरुद्ध ६ विकेट गुमाएको छ ।

National Life

दुबईको आइसिसी एकेडेमी ओभल-२ मैदानमा टस हारेर ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा ६ विकेट गुमाएर २१ रन बनाएको छ । यससँगै नेपाल संकटमा परेको छ ।

नेपालको पहिलो विकेटमा ओपनर दीपक बोहरा आउट भएका थिए । उनी ११ बलमा एक रन बनाउदै आउट भएका थिए । यस्तै ६.२ ओभरमा उत्तम मगर शुन्य रनमा आउट हुँदा ७.३ ओभरमा अर्जुन कुमाल २२ बलमा ७ रन बनाएर आउट भएका छन् ।

Classic Tech Desktop

तीन विकेट गुमाएको नेपाललको जिम्मेवारी सम्हालदै क्रिजमा उत्रेका कप्तान देव खनाल आठौँ ओभरको पाँचौ बलमा दुई रन बनाएर पेभिलियन फर्किए । त्यसपछि आएका दिपक डुम्रे शुन्य रन बनाएर फर्किए । यस्त,ै गुलशन झा ४ रन बनाएर एलबिडब्ल्यू आउट भए ।

प्रतिकृया