• ९ असोज २०८३, शुक्रबार
  • ९ः२८ बिहान

लियोनल मेस्सी ‘टाइम म्यागेजिन वर्ष खेलाडी’ घोषित

प्रकाशित मिति

२०८० मंसिर २० गते, बुधबार ०१:००

मंसिर २०, २०८० काठमाडौँ: अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबलस्टार लियोनल मेस्सी टाइम म्यागेजिनको वर्ष खेलाडी घोषित भएका छन् । उनलाई ‘टाइम एथिलिट अफ दि यिएर’ अवार्डबाट सम्मान गरिएको हो ।

National Life

टाइम म्यागेजिन विश्वचर्चित अमेरिकी साप्ताहिक पत्रिका हो । फुटबलमा पाउनुपर्ने सबै उपाधि र उपलब्धि हासिल गरेका मेस्सीले हालै कीर्तिमानी आठौँ पटक बालुन डि’ओर अवार्ड हात पारेका थिए ।

पीएसजीबाट अमेरिकी क्लब इन्टर मायामीमा अनुबन्ध भएका मेस्सीले हाल अमेरिकी फुटबलमा तरंग पैदा गरेका छन् । उनका खेलहरू हेर्न हलिउड अभिनेता, अभिनेत्री, संगीतकार तथा धनाढ्य व्यापारीहरू मैदानसम्म पुग्ने गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

मेस्सीले सन् २०२२ को विश्वकप उपाधि जितेसँगै उनलाई सर्वकालीन महान फुटबलर पनि भन्न थालिएको छ । विश्वकपमा सात गोल गरेका मेस्सीले अर्जेन्टिनालाई सन् १९८६ पछि विश्वकपको उपाधि जिताउन सफल भए । विश्वकपमा फ्रान्सविरुद्धको फाइनलसहित उनी पाँचपटक प्लेयर अफ द म्याच घोषित भए । उनी विश्वकपकै सर्वोत्कृष्ट खेलाडी घोषित भएका थिए ।

केही समयअघि उनी पीएसजी छोडेर अमेरिकी क्लब इन्टर मायामीमा आबद्ध छन् । यसबीचमा मेस्सीले उत्कृष्ट प्रदर्शन गर्दै मायामीलाई पहिलोपटक लिग्स कपको उपाधि जिताउन सफल भए । मेस्सीले लिग्स कपमा १० गोल र एक असिस्ट गरेका थिए । फुटबलमा उल्लेखनीय योगदान दिएको भन्दै मेस्सीलाई टाइम म्यागेजिनले वर्ष खेलाडीको अवार्डबाट सम्मान गरेको हो ।

प्रतिकृया