• ८ असोज २०८३, बिहीबार
  • ८ः५८ राती

नेपाल सुपर लिग: आज दुई खेल हुँदै

प्रकाशित मिति

२०८० मंसिर ९ गते, शनिबार ०८:५३

मंसिर ९, २०८० काठमाडौँ: नेपाल सुपर लिग (एनएसएल) मा शनिबार दुई खेल हुँदैछन्। दशरथ रंगशालामा आज दिउँसो १ बजे पोखरा थन्डर्स र एफसी चितवन भिड्दा साँझ ५:३० मा हुने खेलमा ललितपुर सिटीले बुटवल लुम्बिनीको सामना गर्दै छ।

National Life

पोखराले प्रतियोगितामा चितवनसँग प्रतिस्पर्धा गर्दै दोस्रो संस्करणमा सुखद सुरुवातको लक्ष्य लिएको छ। गत संस्करणमा अङ्क तालिकाको पुछारमा रहेको चितवन जारी प्रतियोगितामा भने आफ्नो पुरानो छवीलाई सुधार्दै उपाधि दाबेदारीमा उक्लिने प्रयास गर्ने छ।

आफ्नो पहिलो सहभागितामा पोखरासँग हारेको चितवन दोस्रो संस्करणमा भने बदला लिने उदेश्य सहित मैदान उत्रिंदै छ। गत संस्करणमा चितवन पोखरासँग २-१ ले पराजित भएको थियो। त्यस्तै, दिनकै दोस्रो खेलमा ललितपुर र बुटवल भिड्दै छन्।

Classic Tech Mobile
Classic Tech Desktop

अघिल्लो संस्करणको लिग चरणमा एकअर्का विरुद्ध भिड्दा ललितपुरले बुटवललाई १-० ले हराएको थियो। सोही लयलाई पहिलो खेलमा ललितपुर निरन्तरता दिने प्रयासमा छ।

बुटवल भने गत संस्करणभन्दा यो पटक आफूलाई परिष्कृत र बलियो बनाएको भन्दै उपाधि दाबेदारीमा आफू बलियो रहेको संकेत दिन पहिलो खेलबाटै जित अभियानमा उत्रिने बताएको छ।

जारी संस्करणमा ९ टिमले प्रतिस्पर्धा गर्दै छ। लिग तालिकाको शीर्षस्थानमा रहनेले दोस्रो हुनेसँग पहिलो क्वालिफायर खेल्ने छ। पहिलो क्वालिफायर विजेता टोली फाइनलमा पुग्दा। पराजित टोलीले अर्को मौका पाउने छ।

शीर्ष दुईस्थानमा आउने टिमसँग फाइनल प्रवेशका लागि दुई अवसर हुने छ। त्यसपछि तेस्रो र चौँथौं स्थानमा रहनेबीच इलिमिनेटर हुने छ। दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित र इलिमिनेटरको विजयीबीच प्रतिस्पर्धा हुने छ।

त्यसपछि फाइनल पहिलो र दोस्रो क्वालिफायर विजेताबीच हुने छ। उपाधि अभियानमा पुग्दा प्रतियोगितामा कुल ४० खेल हुने छ। पुरस्कार राशि आधिकारिक घोषणा नभए पनि विजेताले कम्तीमा ७० लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिकृया