• ५ साउन २०८३, मंगलबार
  • ४:३० बेलुका

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद् द्वारा निर्वाचनको मतपरिणामको सवाललाई सम्बोधन गर्न पत्राचार

प्रकाशित मिति

२०८० मंसिर ५ गते, मंगलवार ०१:३५

मंसिर ५, २०८० काठमाडौँ: गत १९ अक्टोबर २०२३ ९ ३ कार्तिक २०८०० मा काठमाण्डौमा सम्पन्न गैरआवासीय नेपाली संघको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने क्रममा उत्पन्न परिस्थिति र त्यसपछिका विभिन्न आयामहरुबारे सबैलाई ज्ञात रहेको गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय समन्वय परिषद्ले जनाएको छ ।


निर्वाचनको मतपरिणामलाई लिएर उठेका सवाल सम्बोधनका लागि तत् समय नै अन्तर्राष्ट्रिय स्तरको स्वतन्त्र कम्पनी ९नेपाली एवं गैरआवासीय नेपालीहरुको कुनै पनि किसिमको आबद्धता नरहने गरी प्रस्ताव गर्न निर्वाचनका निकतम प्रतिस्पर्धीद्धय राजेन्द्र कुमार शर्मा ९आर के शर्मा०, महेश श्रेष्ठ र उपाध्यक्ष डा केशव पौडेललाई पहिलो पटक मिति २१ अक्टोवर २०२३ मा र दोस्रो पटक २७ अक्टोबर २०२३ मा पत्राचार गरिएको पनि संघले बताएको छ । यद्यपी उहाँहरुबाट हालसम्म पनि कुनै जवाफ नआएकोले अन्तर्राष्ट्रिय समन्वय परिषद्को ९३ औँ बैठकबाट निर्णय गरी तेस्रो तथा अन्तिम पटक २० नोभेम्बर २०२३ (४ मंसिर २०८०) मा पुनः पत्राचार गरिएको पनि बताएको छ ।

Kamana Sewa

पत्रको मितिले ५ दिन ९२४ नोभेम्बर २०२३० भित्र सो सम्बन्धि प्रस्ताव पेश गरी सम्पन्न अनलाइन निर्वाचनको छानविन तथा थप सत्य तथ्य विश्लेषण सहितको स्वतन्त्र आईटी अडिट प्रक्रिया अगाडि बढाउने कार्यमा सहजीकरण गरिदिनका लागि अनुरोध गरिएको कुरा सबैमा जानकारी गराएको छ । साथै तोकिएको समयभित्र पनि कुनै जवाफ नआए संघले थप विलम्ब नगरी एक स्वतन्त्र अन्तर्राष्ट्रिय आइटी अडिटको व्यवस्था गरेर आवश्यक प्रक्रिया अगाडी बढाउने व्यहोरा समेत जानकारी गराएको छ ।

Classic Tech Desktop

विज्ञप्तिमा भिनएको छ ‘यस संघको ११ औँ महाधिवेशन र निर्वाचन तथा निर्वाचन परिणाम, त्यसपछि उत्पन्न परिस्थितिलाई नजिकबाट अवलोकन गरिरहनुभएका नेपाल सरकार, राजनीतिक दल, सञ्चारकर्मी, गैरआवासीय नेपालीहरु, शुभचिन्तक एवं समस्त सरोकारवालाहरुलाई समेत हामी धन्यवाद दिन चाहान्छौँ । साथै सदाझैँको साथ, सहयोग र समर्थनका लागि कृतज्ञ छौँ ।’

प्रतिकृया