• १६ भदौ २०८३, बुधबार
  • १२:०५ बेलुका

महेन्द्र नारायण निधि मेमोरियल अस्पतालका कर्मचारीहरुद्धारा संघर्षका कार्यक्रम तय

प्रकाशित मिति

२०८० मंसिर २ गते, शनिबार ०५:५७

मंसिर २, २०८० काठमाडौँ: बिगत लामो समय देखि कार्यरत कर्मचारीहरुको पारिश्रमिक भुक्तानी नगरियाको हुँदा मिति २०८०र०८र०४ गतेका दिन देखि लागु हुने गरी निम्न संघर्षका कार्यक्रम तय गरिएको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिले संघर्षका क्रममा आउन सक्ने भवितव्यको बारेमा अस्पताल व्यवस्थापन समिति स्वयं जिम्मेवार हुने पनि बताएको छ ।

मिति २०८०/०८/०४ गते
१. महासंरक्षक, संरक्षक, अस्पताल व्यवस्थापन समिति सदस्य, सम्पूर्ण महेन्द्र नारायण निधि सहकारीका सेयर धनीहरुलाई लिखित रुपमा पाउनुपर्ने पारिश्रमिक एकमुस्ठ पाउनुपर्ने माग सहित पत्र बुझाउने, २. अब आउने भनियको संचालक (Herald) समेतलाई जानकारी पत्र बुझाउने ।
मिति २०८०/०८/०५ गते
१. अस्पताल प्रशासनमा तालाबन्दी तथा नाराबाजी।
मिति २०८०/०८/०६ गते
१. अस्पताल संचालकहरुको घर घेराउ सहित नाराबाजी कार्यक्रम।
पुनश्चः यदि तेश्रो दिन सम्मको कार्यक्रम हुनुभन्दा अगाडी नै सबै माग पुरा भएमा, माग पुरा भएको दिन देखि नै सबै संघर्षका कार्यक्रम फिर्ता लिने, यदि माग पुरा नभएमा थप विभिन्न पत्रपत्रिका, मिडियालाई जानकारी सहित ससक्त रुपमा संघर्षका कार्यक्रमहरु घोषणा गरिने छ।

Kamana Sewa

प्रतिकृया