• 2:38 pm

कुमारी बैंकको सीईओमा रामचन्द्र खनाल नियुक्त

प्रकाशित मिति

२०८० मंसिर २ गते, शनिबार ०६:०२

मंसिर २, २०८० काठमाडौँ: कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रामचन्द्र खनाल नियुक्त भएका छन् । शुक्रबार बसेको बैंक सञ्चालक समिति बैठकले खनाललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।


बैंकका सीईओ रमेश अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै वरिष्ठ डेपुटी सीईओ खनाललाई सीईओ नियुक्त गर्ने निर्णय सञ्चालक समितिले गरेको छ । अर्यालले गएको शुक्रबार राजीनामा दिएका थिए ।


चार्टर्ड एकाउन्टेन्टसमेत रहेका खनाल कुमारी बैंक एनसीसीसँग मर्ज हुनुभन्दा अगाडि कुमारी बैंकमा सीईओ थिए । मर्ज भएपछि उनी कुमारी बैंकको वरिष्ठ डेपुटी सीईओ रहेका थिए ।


खनालकाे कार्यकाल ४ वर्षकाे हुनेछ ।

प्रतिकृया