• ५ साउन २०८३, मंगलबार
  • ११:३५ बिहान

‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो अनु शाहको ‘उफ यो मन’

प्रकाशित मिति

२०८० मंसिर १ गते, शुक्रबार १२:१६

मंसिर १, २०८० काठमाडौँ: अमेरिका बोस्टन निवासी गीतकार साहित्यकार तथा चलचित्र निर्मात्री अनु शाहको  सिनेमा ‘उफ यो मन’ सेन्सर पास भएको छ ।  सेन्सरमा सिनेमाले केन्द्रीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको छ । यसको अर्थ यो सिनेमा सबै उमेर समूहले हेर्न पाउनेछन् ।

उत्कृष्ट बनेको भन्दै सेन्सर सदस्यहरुले सिनेमाको तारिफ गरेका छन् । ‘सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई मायाप्रेमको कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो’, निर्माता अनु शाहले भनिन ।

Kamana Sewa

 चलचित्रलाई पहिले अमेरिका बाट प्रदर्शन सुरु गरिनेछ भने त्यसपछि नेपाल लगायत विश्वभर प्रदर्शन गरिने अनु शाह बताउछिन।

Classic Tech Desktop

अनुराधा फिल्म्स इन्टर नेसनलको निर्माण रहेको सिनेमालाइ निर्देशक सुरज चन्दले निर्देशन गरेका छन् भने चलचित्रमा  एसराज गराच, रोहित रुम्बा, यमी दाहाल, समित गिरि, दिपक क्षेत्रि, पुकार गुरुङको अभिनय छ ।

प्रतिकृया