• २१ असोज २०८३, बुधबार
  • ७ः४४ बिहान

भारतद्वारा नेपाल सरकारलाई १० करोड बराबरको भूकम्प राहत सामग्री हस्तान्तरण

प्रकाशित मिति

२०८० कार्तिक २० गते, सोमबार ०४:३४

कात्तिक २०, २०८० काठमाडौँ: भारतले भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड भारतीय रुपैयाँ (१५ करोड ८८ लाख १ हजार ७५६ नेपाली रुपैयाँ) बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ।

National Life

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गरेका हुन्।


राहत सामग्री लिएर भारतीय वायुसेनाको विमान नयाँ दिल्लीबाट नेपालगन्ज आएको थियो। सो विमानले ११ टनभन्दा बढी आपतकालीन सामग्री ल्याएको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल, स्लीपिङ ब्याग,पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्। ती सामग्रीहरू रादजूत श्रीवास्तवले नेपालगन्ज विमानस्थलमा आयोजित एक विशेष समारोहमा रक्षामन्त्री खड्कालाई उपलब्ध गराएका हुन्।


शुक्रबार राति जाजरकोट केन्द्रविन्दु बनाएर गएको भूकम्पले जारकोट र रुकुममा ठूलो जनधनको क्षति भएको थियो। भूकम्पपछि नेपाललाई हरसम्भव सहयोग उपलब्ध गराउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिबद्धता अनुरूप ती सामग्री आएको हो। आगामी दिनमा पनि थप राहत सामग्रीहरू उपलब्ध गराउने नेपालस्थित भारतीय दूतावासले जनाएको छ।

प्रतिकृया