• 8:37 am

अवैध लागु औषध खैरो हेरोईन सहित ६ जना पक्राउ

प्रकाशित मिति

November 6, 2023

कात्तिक २०, २०८० काठमाडौँ: अवैध लागु औषध खैरो हेरोईन २४४ ग्राम, नाईट्रोभेट ११२ ट्याब्लेट र ट्रामाडोल १७,४१५ क्यासुल सहित ६ जना मानिस पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरोको निरन्तरको निग्रानी तथा कार्वाहीको क्रममा निम्नानुसारका अवैध लागु औषध कारोवार गर्ने मुख्य व्यक्तिहरुलाई लागु औषध तथा मनोद्दिपक पदार्थ सहित पक्राउ गरेकाे हाे ।


पक्राउ परेका माथि लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक तथा सूचना अधिकारी चक्रराज जोशी जानकारी दिए ।


विगत लामो समय देखि काठमाण्डौमा लागु औषध खैरो हेरोईनको बिक्री बितरण कार्यमा संलग्न का.जि.का.म.न.पा. ४ ठेगाना भएको बर्ष ३२ की सपना रायमाझी र जि.ओखलढुङ्गा खिजीदेम्बा गा.पा. ३ बस्ने बर्ष ३८ को गंगालाल बि.क. मिति २०८०।०७।१५ गते ला.औ.नि. ब्यूरो कोटेश्वमरबाट खटिएको प्रहरी टोलीले निजहरुलाई जिल्ला काठमाण्डौ, गोकर्णेश्वुर न.पा. ६ नयाँ बस्तीबाट अवैध लागु औषध खैरो हेरोईन ८१.५०० ग्राम सहित पक्राउ गरी यस कार्यालयबाट थप अनुसन्धान भई रहेको जनाएकाे छ ।


काठमाण्डौ उपत्यकामा कोठा भाडामा लिई औषधी जन्य मनोद्विपक पदार्थको कारोवार गर्ने मुख्य व्यक्ति का.जि. गोकर्णेश्विर न.पा. ४ बस्ने बर्ष ५० को दिपक श्रेष्ठा र ऐ.ऐ. बस्ने बर्ष ३० को दिपेश डंगोल महर्जनलाई मिति २०८०।०७।१६ गते ला.औ.नि. ब्यूरो कोटेश्वररबाट, खटिएको प्रहरी टोलीले का.जि.का.म.न.पा. ७ चावहिलबाट ट्रामाडोल १७,४१५ क्यासुल, नाईट्रोभेट ११२ ट्याब्लेट र लागु औषध खैरो हेरोईन १.८०० ग्राम सहित पक्राउ गरी यस कार्यालयबाट थप अनुसन्धान भई रहेको छ ।


लामो समय देखि काठमाण्डौ केन्द्रित रही लागु औषध खैरो हेरोईनको अवैध कारोवारमा संलग्न गिरोका नाईके जि.सिराहा धनगढीमाई न.पा. १४ बस्ने बर्ष ३७ को झरेन्द्र बहादुर ज्यु ठकुरी र निजका सहयोगी जि.धादिङ त्रिपुरासुन्दरी गा.पा. २ बस्ने बर्ष २७ को सन्दिप ईटानीलाई मिति २०८०।०७।१७ गते ला.औ.नि. ब्यूरो कोटेश्विरबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ, तार्केश्व्र न.पा. ४ बाट अवैध लागु औषध खैरो हेरोईन १६०.६०० ग्राम सहित पक्राउ गरेको छ । निजहरुको संजालले लामो समय देखि नेपाल भारत सिमानाबाट लागु औषध खैरो हेरोईन नेपाल ल्याई काठमाण्डौका बिभिन्न स्थानहरूमा कारोवार गर्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । निजहरु उपर यस व्यूरोबाट थप अनुसन्धान भई रहेको जनाएकाे छ।

प्रतिकृया